आज : Tuesday, November 03, 2026 | २०८३ कार्तिक १८ मंगलबार

जंगली हात्तीको आक्रमणबाट भद्रपुरमा एक जनाको मृत्यु

झापा भद्रपुर नगरपालिका ९ बस्ने ६० बर्षीय राम बहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ । 
आज बिहान साढे ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको प्रहरीले बताएको छ  । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटि गई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान भईरहेको  छ ।

प्रतिकृया दिनुहोस