धरानमा TVS Orbiter विद्युतीय स्कुटर सार्वजनिक
धरान, साउन २६ गते । TVS मोटर कम्पनीले नयाँ विद्युतीय स्कुटर TVS Orbiter धरानमा सार्वजनिक गरेको छ । नेपालका लागि कम्पनीको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिको स्थानीय आधिकारिक विक्रेता न्यु कृष्ण ट्रेडर्सले मंगलबार कार्यक्रम आयोजना गरी उक्त स्कुटर सार्वजनिक गरेको हो ।

सहरी क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेका बेला सार्वजनिक गरिएको TVS Orbiter मा ३.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको पूर्ण चार्जमा १५८ किलोमिटरसम्मको IDC रेन्ज दिनेछ । स्कुटरको परिचयात्मक मूल्य दुई लाख ८१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
TVS Orbiter मा हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्टलगायतका सुविधा छन् । स्कुटरमा ३४ लिटर क्षमताको अन्डर–सिट स्टोरेज रहेको कम्पनीले जनाएको छ । उक्त स्टोरेजमा दुईवटा हेल्मेट राख्न सकिने बताइएको छ । स्कुटरमा १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको छ । यसले सहरी सडकमा स्थिरता, ग्रिप र ह्यान्डलिङमा सुधार गर्ने कम्पनीको दाबी छ । १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्ड तथा लामो फ्ल्याटफर्म सिटका कारण चालक र पछाडि बस्ने यात्रुलाई सहज हुने बताइएको छ ।
TVS Orbiter मा कनेक्टेड मोबाइल एप, कल र एसएमएस डिस्प्लेसहितको कलर LCD डिजिटल क्लस्टर, USB चार्जिङ पोर्ट तथा LED हेडलाइटलगायतका सुविधा छन् । मोबाइल एपमार्फत ब्याट्री चार्जको अवस्था र ओडोमिटर जाँच गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, टर्न–बाइ–टर्न नेभिगेसन, जियोफेन्सिङ, टाइम फेन्सिङ, चोरी तथा टोइङ अलर्ट, दुर्घटना र स्कुटर ढलेको सूचना दिने सुविधा पनि रहेको छ ।

कार्यक्रममा न्यु कृष्ण ट्रेडर्सका प्रबन्ध निर्देशक गंगा लिम्बुले TVS iQube पछि Orbiter ले नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बजारमा कम्पनीको उपस्थितिलाई थप बलियो बनाउने बताउनुभयो । ग्राहकलाई सहज पहुँच र बिक्रीपछिको सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
जगदम्बा मोटर्सका रिजनल म्यानेजर अर्जुन खनालले नेपाली सडक तथा भू–धरातलीय अवस्थालाई ध्यानमा राखेर स्कुटरको परीक्षण गरिएको बताउनुभयो । उहाँले नयाँ पुस्ताको आवश्यकता र सहरी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको Orbiter मा प्रविधि, आराम, उपयोगिता र कार्यसम्पादनलाई प्राथमिकता दिइएको बताउनुभयो ।
कम्पनीका अनुसार TVS Orbiter नेपालमा नियोन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्टियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ । स्कुटरमा रेन्ज र सुरक्षाका लागि रिजेनेरेटिभ ब्रेकिङसहित ‘इको’ र ‘सिटी’ गरी दुई राइडिङ मोडसमेत राखिएको छ ।






प्रतिकृया दिनुहोस