आज : Tuesday, November 03, 2026 | २०८३ कार्तिक १८ मंगलबार

कांग्रेस धरानमा पोख्रेलको प्यानल विजयी

धरान । नेपाली कांग्रेस धरान उपमहानगर समितिको शनिवार सम्पन्न निर्वाचनमा श्याम पोखरेल सभापति पदमा विजयी भएका छन् । उनी कुल २६२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिव्दन्दी किशोर राईले २२३ मत प्राप्त गरेको मतदान अधिकृत भरत श्याक्यव्दारा जारी सूचनामा जनाइएको छ ।

पोखरेल सहित पदाधिकारीहरुमा पनि उनको प्यानलै निर्वाचित भएका छन् । निर्वाचन परिणाम अनुसार नरेन्द्रकुमार राई ९प्रविण०ले २९० मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिव्दन्दी महेन्द्र तामाङले १८३ मत प्राप्त गरे । यसैगरी उपसभापतिका प्रत्याशी सान्तोष लिम्बु २३३ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिव्दन्दी राजकुमार थोप्राले २१८ मत प्राप्त गरे । पोखरेकै प्यानलका सचिव जितेन्द्र राईले २५९ मत प्राप्त गरी विजयी भए । निकटतम प्रतिव्दन्दी रुकमणि गौतम ९कोपिला०ले १९५ मत प्राप्त गरीन् । यसैगरी सचिव हिमाल श्रेष्ठ २९६ मत प्राप्त गरी विजयी भए । उनको निकटतम प्रतिव्दन्दी सुमन श्रेष्ठले १७१ मत प्राप्त गरे । सहसचिवमा युनेश रानामगरले ३०२ मत प्राप्त गरी विजयी भए । उनको नकिटतम प्रतिव्दन्दी कमाला कार्की बिकले १७४ मत प्राप्त गरिन् । सहसचिवकी प्रत्याशी शिला बज्राचार्य २७१ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिव्दन्दी गोपाल कार्कीले १८१ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस