आज : Tuesday, November 03, 2026 | २०८३ कार्तिक १८ मंगलबार

आइपिटीका कार्यकारी प्रमुख एरिक क्याण्टोनाको उपस्थितिमा इटहरीमा कोशी प्रदेशका रङकर्मीहरुको भेटघाट

आगामी चैत्रमा इटहरीको मेट्रिक्समा अन्तर्राष्ट्रिय रङमञ्च महोत्सव आयोजना गरिने

इटहरी/पौष ४

आरम्भ नाट्य डबली तथा इटहरी मेट्रीक्सको आयोजना तथा इन्टरनेशनल पिपल्स थिएटर, हङकङका कार्यकारी प्रमुख एवम् प्रसिद्ध रंगकर्मी एरिक क्यान्टोनाको उपस्थितिमा पौष २३ गते रंगकर्मी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख व्यक्तित्व श्री एरीकले अहिलेको रङ्गमञ्चले भुइँमान्छेहरुको कथा बोल्नुपर्ने अनि आफ्नै देशका मौलिक रंगकलाहरु खोजेर त्यसमा आधुनिक रंग प्रस्तुति गर्नुपर्ने विचार राख्नु भयो । रंगमंच अब जनताको, जनताका लागि र जनताबाट भन्ने सिद्धान्तबाट अनुप्राणित भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ रहेको थियो । त्यही आवाजलाई बुलन्द गर्ने इन्टरनेशनल पिपल्स थिएटरले नेपालमा अन्तर्राष्टिय रंगमंच महोत्सव गर्न लागेको बताउनु भयो ।

आरंभ अध्यक्ष तथा वरिष्ठ रंगकर्मी गोपाल देवानको उद्घोषणमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सर्वनामको रंगकर्मी तथा व्यवस्थापक प्रमुख मनिष अर्यालले नेपालमा मितव्ययी रंगकर्म र सडक नाटकले जनताको भावना बोल्ने भएको हुँदा नेपाली रंगकर्मले यो बाटो समाउनु पर्ने धारणा राख्नु भयो ।

अध्यक्षीय मन्तव्यको क्रममा मेट्रीक्स का अध्यक्ष विक्रम श्रीले कार्यक्रम प्रदेशका रङ्कर्मीहरुको पुनर्मिलन कार्यक्रम जस्तो भएकोमा खुशी प्रकट गर्दै सर्वनाम नाट्य समूह र इन्टरनेशनल पिपल्स थियटरले आगामी चैत्रमा नेपालका काठमाडौं, इटहरी र धनकुटामा गर्न लागेको थिएटर महोत्सवलाई सबै रङकर्मीहरुले मिलेर भव्यताका साथ सम्पन्न गर्नुपर्ने धारणा राख्नु भयो !

त्यस्तै, अनाम रङमञ्चका अध्यक्ष विजय सुब्बाले रङमञ्चलाई रङमञ्च रहर, दायित्व र बाध्यतामा सूत्रबद्ध गर्दै रङमञ्चले समाजलाई नयाँ दिशा दिने काम गर्नुपर्ने बताउनु भयो ।

मेट्रीक्स परिसरमा सम्पन्न सो कार्यक्रममा कोशी प्रदेशका नयाँ पुराना ६० भन्दा बढी रंगकर्मीहरुका साथै चलचित्रकर्मीहरुको पनि उपस्थिति रहेको थियो !

प्रतिकृया दिनुहोस