धरान १५ मा धरान ब्याडमिण्टन क्लबको उद्धघाटन
धरान,असोज ४ गते । धरान उपमहानगरपालिका वडा नं.१५ मा धरान ब्याडमिण्टन क्लबको उद्धघाटन गरिएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी धरान-१५ को वडाध्यक्ष नरेश कुमार ईवारम, धरान ब्याडमिण्टन क्लबको अध्यक्ष टंक चेलिफुङ र अमर सेवा समाजको अध्यक्ष भुमिराज पाहिम लिम्बु सहितले संयुक्त रुपमा धरान ब्याडमिण्टन क्लबको उद्धघाटन गर्नुभएको हो ।
उक्त क्लबले आगामी असोज १४ र १५ गते धरान उपमहानगरपालिका भित्रका खेलाडीहरुको प्रतियोगिता तथा असोज १७, १८ र १९ गते प्रदेश स्तरिय ५ विधामा प्रतियोगिता आयोजना गर्न लागिएको धरान क्लबको अध्यक्ष टंक चेलिफुङले बताउनुभयो ।
ब्याडमिण्टन खेल विश्व प्रशिद्ध खेल मध्ये एक हो । यस खेल सिङ्गल र डबल गरी दुई तरिकाबाट खेलिन्छ । व्यक्तिमा लचकता ,स्फुर्ति, स्थिरता, तथा सन्तुलनको विकास गर्न साथै शारिरीक तथा मानसिक स्वस्थ्यताका निम्ति यो खेल खेलिन्छ । पछिल्लो समय धरान उपमहानगरपालिकामा यो खेल बढ्दो रुपमा रहेको छ । यस खेलको लागी धरानमा धेरै कभडहलहरु प्नि बनेको छ ।






प्रतिकृया दिनुहोस