आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

डेंगु शिविरमा शिक्षा मन्त्री अशोक कुमार राईको निरीक्षण

धरानमा १३ हजार ४ सय ९१ जनामा डेंगु संक्रमण १२ जनाको मृत्यु


धरान, भदौ ७ गते ः संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले धरानमा भएको डेंगु संक्रमणमा आफू गम्भीर भएको र डेगु संक्रमणको अवस्था, उपचारको प्रक्रिया लगायतको निरीक्षण गर्न धरान आएको बताउनुभयो । 
बिहिबार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री राई र कोशी प्रदेश स्वास्थ्य मन्त्री निर्मला ताँवा लिम्बुले धरानको डेंगु उपचार केन्द्रहरुको अवलोकन गर्नुभएको थियो । 
उहाँहरुले धरान ८ सभागृहस्थित उपमहानगरपालिकाले सञ्चालन गरेको डेंगु परीक्षण केन्द्र, प्रदेश सरकारको सहयोगमा सञ्चालित धरान १ छाताचोकस्थित पुरानो अस्पतालमा रहेको डेंगु उपचार केन्द्र, पुरानो अस्पतालको निरीक्षण पश्चात मन्त्रीहरु धरान १३ वडा कार्यालयले सञ्चालन गरेको डेंगु उपचार शिविर, सुनसरी उद्योग वाणिज्य संघमा रहेको उपचार शिविरको स्थलगत अवलोकन गर्दै उहाँहरुले स्वास्थ्यकर्मीबाट परीक्षण गर्न आउने विरामीहरुको जानकारी लिनुका साथै उपचारमा आएका विरामीसँग पनि कुराकानी गर्नुभएको थियो ।
अहिलेको डेंगु संक्रमणको महामारीका समयमा पनि नियन्त्रणका प्रयासमा खासै चासो नदिएको गुनासो आइरहदा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक औषधिहरु उपलब्ध गराउदै आएको मन्त्री राईले बताउनुभयो । उहाँले धरानलाई संकटकाल घोषणा गर्ने विषयमा जिल्ला वस्थापन समितिले गरेको पत्राचारका विषयमा चाडै छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिनुभयो ।
छलफलमा समन्वय र सहकार्यको अभावमा आ-आफ्नो तालमा न्यूनिकरणको प्रयासमा लाग्दा न्यूनिकरण हुन नसकेको निष्कर्ष निकाल्दै अब सबैको सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
धरानमा डेंगु संक्रमण अत्याधिक बढेको र जिल्ला विपत्त व्यवस्थापन समिति, सुनसरीका सुरक्षाकर्मी लगायत सरोकारवाला पक्षले एक महिना अगाडिदेखि नै स्वास्थ्य संकटकाल घोषणाको निणर्य गरे पनि स्वास्थ्य संकटकाल घोषणा नभइरहेको अवस्थामा संघीय सरकारका मन्त्री र कोशी प्रदेश सरकारका मन्त्रीले स्थानीय सरकार तथा विभिन्न संघ संस्थाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरको निरीक्षण गर्नुभएको छ । 
संघीय सरकार, प्रदेश सरकारको सहयोग नभएको तथा स्थानीय सरकारले नै सबैलाई समेटेर वा समन्वय गरेर लान नसक्दा काम धेरै भएपनि प्रभावकारी काम भएको देख्न नसकिएको उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो ।
धरानमा बढ्दै गएको डेंगु संक्रमणको चर्चा कोशी प्रदेश सरकार र संघीय सरकार वेखबरझै रहेको अवस्थामा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले सबै शिविरहरुको निरीक्षण गर्दै त्यहाँको वस्तुस्थिति बुझ्नुभएको थियो ।
धरानमा डेंगु संक्रमण न्यूनिकरणका लागि बिभिन्न पहलहरु भइरहेका छन्, स्थानीय सरकार र सामाजिक संघ संस्थाले निःशुल्क शिविरको व्यवस्था गरेका छन् भने सर्च एण्ड डिस्ट्रोय अभियानलाई समेत तिब्रता दिएको छ तर पनि न्यूनिकरण भने हुन सकेको छैन । बुधबारसम्मको तथ्यांकलाई हेर्ने हो भने धरानमा १३ हजार ४ सय ९१ जनामा डेंगु संक्रमण भइसकेको छ भने १२ जनाको डेंगु संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस