आज : Monday, November 02, 2026 | २०८३ कार्तिक १७ सोमबार

शुल्कवृद्धिविरुद्ध पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलित

धरान, भदौ ६ 
पूर्वाञ्चल क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरु क्याम्पसको शुल्कवृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको छ । 

ईञ्जिनियरीङ अध्ययन संस्थान आइओई, डिन कार्यालयले २ सय प्रतशितभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलति भएका हुन् ।

पूर्वाञ्चल क्याम्पसको स्ववियु सभापति नकुल श्रेष्ठको अनुसार पूर्ण शुल्कतर्फ ३ लाख २० हजार रहेको शुल्क एक्कासी वृद्धि गरेर ७ लाख ७५ हजार बनाइएकोले सामान्य परिवारका विद्यार्थीहरुलाई पढ्न पाउने अधिकारमा वाधा गरेको, जसले गर्दा  विद्यार्थीहरुलाई ठूलो असर पर्ने भएकोले यसको विरोध गरेको बताउनुभयो । 

बुधबार शुल्कवृिद्ध भएकोमा क्याम्पस प्रशासनको भवनमा तालाबन्दीसंगै पूर्वाञ्चल क्याम्पसदेखि भानुचोकसम्म राँके जुलुस निकालिएको थियो । शुल्कवृिद्धको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहनेस्ववियु सभापति श्रेष्ठले बतानुभयो  । 

यस विषयमा डीन कार्यालयबाट छलफलमा आएका २ जना प्रतिनिधिहरुलाई शुल्क बढाउँदा सामान्य परिवारका पढ्न चाहाने र पढ्दै गरेका विद्यार्थीहरुलाई आर्थिक रुपमा ठूलो असर पर्ने विद्यार्थी संगठनहरुले सुझाव पनि दिएको तर वेवास्ता गरी वृद्धी गरिएकोमा विद्यार्थीहरुकोे आपति रहेको विद्यार्थी प्रभास गौतमले बताउनुभयो ।

उहाँका अनुसार डिन कार्यालयबाट धरानमा आएर वार्ता गरी सहमति नगरेसम्म आन्दोलन रोकिने छैन  । 


प्रतिकृया दिनुहोस